प्रधानमन्त्री केपी ओली भादगाउँले टोपीमा चिटिक्क परेर भियतनामको समुद्री किनारमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी ओली कम्बोडिया र भियतनामको भ्रमण गरी बुधबार नै स्वदेश फर्किसकेका छन् । सुरुमा भियतनाम पुगेका प्रधानमन्त्रीले त्यहाँ चार दिन बिताएका थिए ।
भियतनाममा रहँदा प्रधानमन्त्रीले समुद्रमा डुंगाको सयर पनि गरेका रहेछन् । अहिलेसम्म उनका औपचारिक तस्बिर मात्र सार्वजनिक भएका थिए । प्रधानमन्त्री ओलीसँगै भ्रमणमा गएका कांग्रेस सांसद डा.नारायण खड्काले प्रधानमन्त्री ओलीले भादगाउँले कालो टोपी, कालै चश्मा र कालै कोट लगाएर समुद्रमा डुंगा सयर गरेपछिको तस्बिर फेसबुकमा पोस्ट गरेका छन् ।
नेता खड्काले लेखेका छन्, ‘गत साता भियतनामको क्वागं निन्ह प्रदेशको युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत हा लाग खाडीमा प्रधानमन्त्री सम्माननीय केपी ओलीजी, उहाँको श्रीमती राधिका शाक्यजी र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीजीका साथ नाउ सयर गर्दाको क्षणको स्मरण ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *