चलचित्र ‘माछा माछा’को प्रदर्शन मितिसँगै फस्टलुक पनि सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र ‘माछा माछा’को प्रदर्शन मितिसँगै फस्टलुक पनि सार्वजनिक भएको छ । सार्वजनिक पोष्टरमा सौगात ,विजय, अनोज देखिएका छन् । सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्टको ब्यानरमा निमार्ण भएको चलचित्रमा सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रलाई रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेका हुन् भने मणिराम पोखरेल कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा अनुपम शर्माको संगीत, शिवराम श्रेष्ठको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । चलचित्रमा सौगात मल्ल, बिजय बराल , अनोज पाण्डे, नम्रता श्रेष्ठ, माओत्से गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । याे चलचित्र आगामी कात्तिक २९ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *