शिल्पाले डिभोर्स गर्ने फाइनलमा पुगेपछि छविले लेखे यस्तो भावुक स्टाटस ,“संसारको कुनै अदालतमा जानु पदैन्,मेरो अदालत सिधै आउ”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । केही दिन यता निमार्ता छवि ओझा र अभिनेत्री शिल्लाको झगडाले सञ्चार माध्यमका राम्रो स्थान पाएको छ । प्रेम सम्बन्धमा रहदाँ रहदै सुटुक्क विवाह गरेका ५५ वर्षीय छविले गत वर्ष मात्र २५ वर्षकी शिल्पासँगको फोटो राखेर विवाह गरेको बताएका थिए । शिल्पा छविको चौथो श्रीमती हुन् । शिल्पालाई विवाह गर्नु अगाडि रेखा थापासँगको १२ वर्ष लामो वैवाहिक सम्बन्धलाई सम्बन्ध विच्छेद गरेका थिए ।

तर अहिले शिल्लाले छविको चौथो विवाहलाई पनि धरापमा पारेकी छिन् ।केही दिन अगाडि मात्र शिल्पाले आफु घरेलु हिंसामा परेको भन्दै प्रहरी परिसरमा छविविरुद्ध उजुरी दिएकी थिइन् । त्यसपछि प्रहरीले दुवैजनालाई बोलाएर अब कहिल्यै पनि झगडा नगर्ने शर्तमा कागजी सहमति गराएको थियो । तर शिल्पाले एक अन्तवार्तामा रुदै आफु ३ वर्ष देखि हिंसामा परेकाले कुनै पनि हालतमा छविसँग बस्न नसक्ने भन्दै डिभोर्सको केस फाइनल भएको बताएकी थिइन् । यता छवि भने शिल्पासँगै बस्न चाहन्छन् । त्यसैले छविले मिडियामार्फत शिल्पालाई घर फर्किन आग्रह गरेका छन् । त्यतिमात्र होइन् ,आफ्नो फेसबुकमा लामो स्टाटस लेख्दै घर फर्कन आग्रह गरेका छन् । हेरौ उनको स्टाटस जस्ताको तस्तै

शिल्पा जि,
मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमती सङ सम्बन्ध बिच्छेद भईसकेपछि तपाईं सङ चाहिँ जिन्दगि बिताउन सक्छु होला भनेर जिन्दगिका सब थोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईं l छातिमा हात राखेर आज एक्छिनलाई आफैलाई नढाटी सम्झनुस तपाइले लगाएका कति आरोपहरु सत्य छन ? यदि तपाईं पनि आफुलाइ सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आस्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने, म पनि मेरा कमि कमजोरीहरु सच्याएर गान्धीबादी भएर बस्न सक्छु । अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधै तपाईंको लागि खुल्ला छ । हैन र यदि तपाइ साच्चै म सङ बस्न सक्नु हुन्न भने पनि एक पटक म सङै आएर टेबलमा कुरा गर्नुस । मेरो ईतिहास पल्टाएर हेर्नुस आज सम्म मैले कुनै पनि श्रीमतिलाई अन्यायमा पारेको छैन । तपाइलाइ पनि पार्दिन । मैले बिगत ३ दिन देखि तपाइलाइ सम्पर्क गरेर भेट्न खोज्दा पनि तपाइलाई अब मेरो वकिलले भेट्छ भन्नू भयो । म फेरि पनि भन्दैछु, सन्सारको कुनै पनि अदालतमा जानू पर्दैन । छबी ओझाको अदालतमा सिधै आउनुस । तपाइले न्याय पाउनु हुन्छ ।
शुभरात्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *