‘कौन बनेगा करोडपति’ मा मेरो परिवारले भाग लिन पाउदैनन् : अमिताभ बच्चन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतको चर्चित दिमाखी खेलसम्बन्धी रियालिटी शो ‘कौन बनेगा करोडपति’ को अहिले ‘सीजन ११’ सुरु हुन लागेको छ । यसको सञ्चालक बलिउडका महानायक अमिताभ बच्चन हुन् । तर कौन बनेगा करोडपछि सीजन ३ को शाहरुख खानले सञ्चालन गरेका थिए । यो कार्यक्रम सोनी च्यानलबाट प्रसारण हुन्छ ।

त्यसैले अहिले अभिताभ बच्चन ‘सीजन ११’ को विषयमा विभिन्न कुरा गर्न कार्यक्रममा ब्यस्त छन् । एक कार्यक्रममा अमिताभले एक परिवारसँग जोडिएको कुराको खुलासा गरेका छन् ,उनले भने ‘कौन बनेगा करोडपति’ मा मेरो परिवारले भाग लिन पाउदैनन् । तर उनीहरु कुनै पनि प्रोजेक्टको प्रमोशन लागी आउन पाउनेछन् । किनभने शो मा परिवारको सदस्यलाई भाग लिन अनुमति छैन । अझ रोचक कुरा त के छ भने मेरो परिवारका सदस्यमा सामान्य ज्ञानको कमी भएकाले ‘हट सिट’ मा बस्न डराउछन् ।त्यसैले मलाई परिवारले उक्त शो नगर्न सुझाव समेत दिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *