‘द भ्वाइस अफ नेपाल सिजन २’ आजबाट प्रशारण हुँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । विश्वकै पहिलो नम्बरमा रहन सफल रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन २’ आजबाट प्रशारण हुँदैछ । हिमालय टीभी एचडीबाट आज बेलुकी ८ बजे प्रशारण हुन लागेको ‘उक्त रियालिटीको शो को विशेष प्रिमियर समेत गरिसकिएको छ । विहीबार आयोजित प्रिमियरमा सांगतीक क्षेत्रका अग्रर्जहरु ब्यक्तिहरु र शोको टिम लगायतका अन्य थुप्रै मानिसहरु उपस्थित भएका थिए । यो पटक कार्यक्रममा कोचहरुबीचमा हाँस्य पाटोलाई समेटिएको शोका निर्देशक लक्ष्मण पौडेलले बताए ।

यसपटक ‘दि भ्वाइस अफ नेपाल सिजन २ ’ मा २ जना जर्ज परिवर्तन भएका छन् । यो पटक पहिलो सिजनका गायक दीप श्रेष्ठ र प्रमोद खरेल यथावत रहेका छन् भने गायिका आस्था राउत र गायक राजु लामा नयाँ जर्जको रुपमा प्रवेश गदै छन् । उक्त शो हिमालय एचडीमा शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट प्रशारण हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *