अक्षय कुमारको करिअरकै सबैभन्दा ठूलो ओपनिङ फिल्म ‘मिसन मंगल’,बम्पर कमाई जारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अक्षय कुमारको फिल्म ‘मिसन मंगल’ले आफ्नो ओपनिङ दिनमा शानदार कमाई गरेको छ । यस फिल्मले यती धेरै ओपनिङ गर्यो कि अक्षयको अहिलेसम्मकै सबैभन्दा धेरै ओपनिङ गर्ने फिल्म बन्यो । यसअघि उनको ‘गोल्ड’ फिल्मले बक्स अफिससमा २५.२५ करोडको ओपनिङ गरेको थियो ।फिल्मको बम्पर कमाई अहिले बक्स अफिसमा जारी रहेको छ ।

यो फिल्ममा अक्षयको साथमा विद्या बालन, तपसी पन्नु, सोनाक्षी सिन्हा लगायतका कलाकारको मुख्य भूमिका छ । यस फिल्मले पहिलो दिनमा २९.१६ करोडको ओपनिङ गरेको हो ।यो फिल्म इतिहासको रच्ने कथामा आधारित रहेको छ । फिल्ममा वैज्ञानिकद्धारा कुनै प्रकारको विपरित परिस्थितिमा मंगल ग्रहमा यान मंगलयान पठाएको देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *