‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणलाइ ‘कबड्डी’ टिमले गरे ३ लाख सहयोग

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘कबड्डी कबड्डी कबड्डी’ टिमले ‘गौतम बुद्ध अन्तर्रािष्ट्रय क्रिकेट रंगशाला’ निर्माणलाई ३ लाख सहयोग गरेका छन् । ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले भरतपुरको चितवनमा निर्माण गर्न लागेको रंगशालालाई सहयोग स्वरुप फिल्मका नायक दयाहाङ राई र विल्सन विक्रम राईले सिताराम कट्टेललाई ३ लाखको चेक हन्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणपछि दयाहाङ र विल्सनले बोल्दै रंगशाला निर्माणको लागी फिल्मको तर्फबाट सानो सहयोग गर्न पाउदा धेरै खुसी महसुस भएको बताए । साथै सबै नेपालीहरुलाई आफुले सकेको सहयोग गर्न समेत आग्रह गरेका छन् ।यस्तै फाउन्डेसन’ का अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ ले पनि क्रिकेट रंगशाला निर्माणका लागी फिल्मकर्मीबाट मिलेको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

हाल फिल्मको प्रर्दशन मिति नजिकिदै गर्दा ‘कबड्डी कबड्डी कबड्डी’ टिम प्रचार प्रसारमा निकै ब्यस्त छन् । रामबाबु गुरुङ निर्देशित फिल्मको मणीराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार निर्माता हुन् । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ मा शैलेन्द्र डि. काकी छायाकंन,सुरेन्द्र पौडेलको सम्पादन र रेनेसा वान्तावाको कोरियोग्राफी रहेको छ । फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन् । फिल्ममा दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी , विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, पुस्कर गुरुङ, कविता आले, लुनिभा तुलाधर, कमलमणी नेपाल, अरुणा कार्की लगायतका थुप्रै अन्य कलाकारहरुले पनि अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *