फिल्म सम्बन्धी अध्ययन गराउने ’नेपाल फिल्म क्याम्पस’ : यसै शैक्षिक सत्रबाट अध्ययन शुरु हुने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपालमा पनि फिल्म सम्बन्धी अध्ययन गराउने उदेश्यले ’नेपाल फिल्म क्याम्पस’ खुलेको छ । काठमाण्डौको बाँनेश्वरमा रहेको क्याम्पसमा पत्रकार भेटघाट आयोजना गर्दै क्याम्पसका प्रिन्सिपल शिशिर उप्रेतीले उक्त कुराको जानकारी दिएका हुन् । कार्यक्रममा बोल्दै उप्रेतीले त्रिभुवन विश्व विश्वविद्यालय सम्बन्धन प्राप्त गरी ‘नेपाल फिल्म क्याम्पस’मा यसै शैक्षिक सत्रबाट चार वर्षीय स्नातक तहसम्मको अध्ययन सुरु गराउन लागेको बताए ।

त्यसका साथै कार्यक्रमका प्रमुख अतिथी चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराइले पनि यस कार्यले नेपाली चलचित्र क्षेत्रको विकाशमा ठुलो सहयोग पुयाउने बताए ।

क्यापम्समा चलचित्र लेखन, निर्देशन, दृष्य सम्पादन, छायांकन, अभिनय र ध्वनी सम्बन्धी पाँच विषयमा स्नातक गराउने छ । ६० जनाको भन्दा ठुलो टिम रहेको क्याम्पसले फिल्म अध्ययनका लागि भर्ना सुरु गरेको छ । क्याम्पसमा नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विद्यार्थीहरु पनि भर्ना हुन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *