बेललाई बेच्न रियलको यस्तो तयारी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः रियल मड्रिडले ग्यारेथ बेललाई बेच्ने अन्तिम तयारी गरेको छ । ६ सिजनमा उनले रियललाई १३ महत्वपूर्ण उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरे । तर यतिबेला उनी ला लिगाबाट बाहिरिने सोचमा छन् । उनी टिमबाट रहरले भने बाहिरिन लागेका होइनन् । टिमका प्रशिक्षक जिनेदिन जिदानसँग बिबाद भएपछि उनलाई टिममा बस्न असज भएको हो ।

यसअघि जिदान रियलको प्रशिक्षक हुदाँ पनि दुबैबीच मनमुटाव भएको चर्चा चलेको थियो । बीचमा जिदान टोलीको प्रशिक्षकबाट बाहिरिएपछि बेल टोलीको पहिलो रोजाइमा पर्दै आएका थिए । तर, जिदान पुनः रियलको प्रशिक्षको रुपमा नियुक्त भएपछि उनीहरुबीचको बिबाद सहतमा आएको छ । प्रशिक्षकसँग नै मनकुटमव भएपछि टिममा बसेर खेलीरहन उपयुक्त हुने नठानेका बेलले टिमबाट बाहिरिन लागेका हुन् ।

उनीहरुको बिबाद सतहमा पुगेको कुरा प्रशिक्षक जिदानले यस अघिका दुई खेलमा बेललाई नराख्नुले प्रस्ट भएको छ । प्रतिकुल अवस्थाका बावजुद् पनि टिमका लागि लामो योगदान रहेको बताउँदै बेलले सिजनको अन्तिम खेल खेलेर बाहिरिने इच्छा व्यक्त गरेका छन् ।

रियलले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल आइतबार खेल्दै छ । उक्त खेलमा बेलले खेल्ने इच्छा जाहेर गरेका हुन् । तर, प्रशिक्षक जिदानसँगको बिबादका कारण टिममा पर्ने नपर्ने भने टुङ्गो छैन् ।

सन् २०१३-१४ को सिजनमा टोटनहामबाट कीर्तिमान मुल्य ८६ मिलियन पाउण्डमा रियल भित्रिएका बेल हाल रियलबाट बाहिरिने १४ खेलाडीको शीर्ष स्थानमा रहेका छन् । उनले हाल सम्म रियलका लागि सबै खाले २३१ खेल खेल्दै १०२ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *