नायिका केकीले बच्चा हुदाँको तस्विर शेयर गदै लेखिन् यस्तो, तस्विरमा प्रतिक्रियाको ओहिरो (५ तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले केकी अधिकारी नेपाली चलचित्र ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त छिन् । दीपेन्द्र लामाको निर्देशन रहेको फिल्ममा केकी अधिकारी दिपकराजको जोडिको रुपमा देखिने निर्देशक लामाले जानकारी दिएका छन् । त्यस्तै चलचित्रमा हास्य कलाकार जितु नेपाल र केदार घिमिरे मुख्य भूमिकामा रहने छन् ।

त्यसका साथै केकी म्युजिक भिडियोमा समेत निकै ब्यस्त छिन् ।तर उनी चलचित्रमा जति सक्रिय छिन् । त्यतिनै सामाजिक सञ्जालमा पनि सक्रिय छिन् । त्यसैले उनले बेलाबेलामा आफ्नो फेसबुकमा तस्विरहरु पोष्ट गरिराखेकी हुन्छिन् । भर्खरै मात्र पनि उनले आफ्नो बालापनको तस्विर शेयर गदै यस्तो क्याप्सन लेखेकी छिन् । “सानी म” । जुन तस्विरमा उनी गुलाबी रगंको ड्रेसमा निकै सुन्दर देखिएकी छिन् ।

त्यसैले उनको तस्विरमा सामाजिक प्रयोगकर्ता वा फ्यानहरुले धेरै कमेन्ट र लाइक गरेका छन् । जसमध्ये एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् , ‘इमान्दार सुन्दर केकी, कसलाई थाहा थियो, यो सानी नानी सुपरस्टार हुनेछिन् भन्ने ।’ हेरौ उनको सुन्दर तस्विरहरु

Little me 🙂

Posted by Keki Adhikari on Friday, June 14, 2019

Leave a Reply

Your email address will not be published. Required fields are marked *