‘म यस्तो गीत गाउँछु २’मा पल र पूजा देखिए यस्तो रोमान्टिक अवतारमा (तस्विर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गत वर्ष प्रर्दशनमा आएको सफल चलचित्र ‘म यस्तो गीत गाउँछु’ को दोस्रो सिरिजको नयाँ गीत ‘तिम्रो घरको वरिपरी’ को छायांकन सम्पन्न भएको छ । करिब एक हप्ता लगाएर नेपाल र भारतको सिमानामा पर्ने सुन्दर ठाँउहरु सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका ठाँउमा चलचित्रको छायाकंन गरिएको हो । हाल चलचित्रको पहिलो प्रचार प्रसार सामाग्रीको रुपमा यो गीत सार्वजनिक गर्ने तयारमा निर्माण टिम लागेको छ ।

यसैबीच , त्यो भन्दाअघि चलचित्रको छायाकंनको क्रममा खिचिएको केही तस्विरहरु सार्वजनिक भएको छ । तस्विरमा चलचित्रको मुख्य कलाकलार पल शाह र पुजा शर्मा निकै रोमान्टिक अवतारमा देखिएका छन् ।

गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर , अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, शिवम् अधिकारीको लेखन र सुदर्शन थापाको निर्देशन रहेको छ ।

निर्देशक थापाको अनुसार यो गीतमा करिब ५ सय कोरस राखेको छायाकंन गरिएको छ । चलचित्रमा यति धेरै कोरस राखेर छायाकंन गरिएको पहिलो पटक नै हो । चलचित्रको छायाकंन सुरु भएको ४५ दिन भएपनि अझै सक्न १५ दिनजति लाग्ने बताएका छन् ।

सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेको चलचित्रको जन्मजय साम्पाङ राइ सह–निर्माता हुन् । चलचित्रमा पुजा र पलसँगै दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय रहेको छ । यो चलचित्र फागूणको २३ गतेबाट रिलिज हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *