चलचित्र ‘दि कर्मा’ को रिलिज मिति तोक्दै अफिसियल पोस्टर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाण्डौ। नेपाली चलचित्र ‘दि कर्मा’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा भारतीय नायक करण बर्मासँगै नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा र बुद्दी तामाङ्ग देखिएका छन् । चलचित्रको पोस्टरसँगै रिलिज मिति समेत तोकिएको छ । यो चलचित्र आगामी माघ १७ गतेबाट रिलिज हुदैँछ । चलचित्रको मुख्य आर्कषणको रुपमा भारतीय नायक करणलाई लिइएको छ ।

जय मिडिया म्यानेजमेन्ट र श्रीत मिडिया एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको जय राज राय , श्रीदेव बि.एल. र निशा खतिवडा निर्माता हुन् । शारदा खड्का अर्याल चलचित्रको सह निर्माता हुन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, निर्माता जय राज राय आफ्नै कथा , शुशील पोखरेलको पटकथा तथा संवाद र देव कुमार श्रेष्ठको निर्देशन रहेको छ । चलचित्रमा भारतीय मोडल करणसँगै नीता परमिता, बुद्दीको अलवा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापित लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *