राते काइँला अर्थात् सुनिल थापाको आज जन्मदिन, कति वर्ष लागे त ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ५ जेठ । राते काइँला उर्फ सुनिल थापाको आज जन्मदिन । १९५७ मे १९ तारिखका दिन उनको जन्म काठमाडौंमा भएको थियो । यस आधारमा आज उनी आफ्नो ६३औं जन्मदिन मनाउँदैछन् ।२०४८ सालमा निर्मित ‘चिनो’ चलचित्रबाट सुनिल थापा राते काइँला बनेर नेपाली रजतपटमा एकाएक लोकप्रिय भएका थिए । तुलसी घिमिरेले निर्देशन गरेको सो चलचित्रमा उनले बोलेको ‘रातेलाई यो कुरा मन परेन’ सर्वाधिक हिट भएको थियो । सो चलचित्रमा शिव श्रेष्ठ, भुवन केसी, कृष्टि मैनाली, शर्मिला मल्ललगायतले अभिनय गरेका थिए । तर, चर्चा सुनिल थापाकै भयो ।

‘एक दुजे के लिए’ हिन्दी फिल्मबाट आफ्नो क्यारियर सुरु गरेका थापाले त्यसपछि पनि थुप्रै हिन्दी फिल्ममा अभिनय गरे । केही वर्षअघि प्रियंका चोपडासँग उनले खेलेको ‘मेरी कोम’ फिल्म सुपरहिट भएको थियो । सो फिल्मबाट सुनिलले प्रियंकाकै जति चर्चा पाएका थिए ।

सयौं नेपाली चलचित्रमा अभिनय गरेका उनी केही वर्षयता नेपालमै बस्दै आएका छन् । उनले एभरेस्ट फिल्म कलेज सञ्चालन गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *