चलचित्र ‘माया बस्छ कि के हो’को घोषणा, असार दोश्रो साता देखि फ्लोरमा जाने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र ‘माया बस्छ कि के हो…को निर्माण घोषणा भएको छ । जनकपुर मिडिया हाउस प्रालिको ब्यानरमा निर्माण हुन लागेको उक्त चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । शरद अधिकारीको प्रस्तुति रहेको यस चलचित्रमा बहादुर सिंह तामाङ, कृष्ण गिरी कार्यकारी निर्माता रहेका छन् ।

आगामी असार दोश्रो साता देखि युरोपका बिभिन्न स्थानका साथै लण्डनमा समेत छायांकन गरिने यस चलचित्रलाई रविन्द्र बरालले छायांकन गर्ने छन् । आरती अधिकारीको कथा, मौनता श्रेष्ठको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत  रहने छ । नव कलाकार सोनाल तामाङ, कस्मता निरौला, धु्रव दत्त, बेनी ढुंगानाको मुख्य भूमिका रहनेछ । चलचित्रका मुख्य सहायक निर्देशक दिपक अधिकारी हुन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *