आक्रामक व्यापार गर्दै ‘जात्रै जात्रा” र बिर बिक्रम-२

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । शुक्रवारबाट प्रदर्शनमा आए दुई चलचित्र ‘जात्रै जात्रा” र बिर बिक्रम-२ ले निकै राम्रो व्यापार गरिरहेका छन् । बिर बिक्रम-२  सिंगल थिएटर आक्रामक व्यापार गरिरहेको छ भने  ‘जात्रै जात्रा” मल्टिप्लेक्समा आक्रामक व्यापार गरेको छ ।

पछिल्लो समय ओरालो लागेको नेपाली चलचित्रको व्यापारलाई केहि हदसम्म यी दुई चलचित्रले माथि उठाएका छन् । प्रदीप भट्टराई द्वारा निर्देशित जात्रै जात्रा व्यापारको हिसाबमा बिर बिक्रम-२ भन्दा केहि अब्बल देखिएको छ । दुइ चलचित्रले के-कति आम्दनी गरे त्यो भने सार्वजनिक गरिएको छन् ।

मिलन चाम्स निर्देशित द्वारा बिर बिक्रम-२ मा दुई साथीको मित्रतामा आउने उतार चढावलाई प्रस्तुत गरिएको छ । बिर बिक्रम-२ पल शाह, नजिर हुसेन, वर्षा सिवाकोटी र बुद्दि तामांगको मुख्य भूमिका रहेको छ । चलचित्र कमेडी जनारको जात्रै जात्रामा बिपिन कार्की, वर्षा रावत, रवीन्द्रसिंह बानियाँ, दयाहांग राई र रवीन्द्र झाको अभिनय रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *