चलचित्र ‘मारुनी’ को दोस्रो गीत‘सक्दिनँ म बाँच्न’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘मारुनी’ को दोस्रो ‘सक्दिनँ म बाँच्न’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मेलिना राईको स्वर,सुरेश वाग्लेको शब्द , अर्जुन पोखरेलको संगीत र बाबु प्रधानले एरेन्ज गरेका छन् । भिडियोमा चलचित्रको मुख्य नायिका पुष्प खड्का र सामाग्री राज्यलक्ष्मी शाहले अभिनय गरेका छन् । यसअघि रिलिज भएको ‘जाम्न माया जाम’ बोलको गीतले पनि निकै चर्चा पायो ।

नवल नेपाल निर्देशित चलचित्रको गोविन्द फुँँयाल र निर्देशक आफ्नै कथा , संजय लामाको छायाकंन,मित्र गुरुङको सम्पादन र प्रविन सिहं ,विक्रम लामा र अन्जिला खत्रीको कोरियोग्राफी रहेको छ । पुनम गौतमले निर्माण गरेको चलचित्रको राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह निर्मातामा हुन् । चलचित्रमा पुष्प खड्का र सामाग्री राज्यलक्ष्मी शाहसँगै रेबिका गुरुङ, आयुस प्रधान ,शंकर सेडाई ,बिनोद भट्टराई, अर्जुन श्रेष्ठ, सुशिल क्षत्री लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । चलचित्र भाद्र १३ गतेबाट प्रदर्शनमा आउदैछ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *