घरेलु मैदानमा रियल मड्रिडको हार, सिजनको दुखद् अन्त्य

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः स्पेनिस ला लिगा अन्तर्गत सिजनको अन्तिम खेलमा रियल मड्रिड घरेलु मैदानमा रियल बेटिससँग पराजित भएको छ । घरेलु मैदानमा मड्रिड २–० ले पराजित भएको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ६१ औं मिनेटमा लोरेन मोरोनले गोल गर्दै पाहुना टोली बेटिसलाई अग्रता दिलाए । खेलको ७५ औं मिनेटमा रियलका पूर्व खेलाडी जेसेले अग्रता दोब्बर पारे । रियलको जारि लिग सिजनमा यो १२ औं हार हो ।

लिगको अंक तालिकामा रियल ६८ अंकसाथ तेस्रो स्थानमा रहयो । ३८ खेलमा रियलले २१ जित, ५ बराबरी र १२ हारको नतिजा निकालेको हो । लिगको शीर्षस्थानमा रहेर एक खेल कम खेलेको बार्सिलोनाभन्दा रियल १८ अंकले पछाडी रहयो । दोस्रो स्थानको एटलेटिकोले रियललाई ८ अंकले पछाडी पारेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *