यो सिजनमा ५० गोल गर्ने मेस्सी पहिलो खेलाडी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः बार्सिलोनाका कप्तान लियोनल मेस्सी यो सिजनमा ५० गोल गर्ने पहिलो खेलाडी भएका छन् । आइतबार राति ला लिगाको अन्तिम खेलमा एइबार विरुद्ध २ गोल गरेसँगै मेल्सीले ५० गोल गरेका हुन् ।

सबै खाले प्रतियोगितामा मेस्सी ५० गोल गर्न सफल भएका हुन् । एइबार विरुद्ध उनले ३१ औं र ३२ औं मिनेटमा गोल गरेका थिए । ३२ औं मिनेटमा उनले ५० गोल पुरा गरेका थिए । ला लिगामा ३६ गोल गरेका उनले च्याम्पियन्स लिगमा १२ गोल गरेका छन् भने २ गोल कोपा डेल रे मा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *