नेहा कक्कर लाइभ प्रस्तुति दिन काठमाडौँ आउँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।  बलिउडकी चर्चित गायिका  नेहा कक्कर लाइभ प्रस्तुति दिन काठमाडौँ आउने भएकी छन् । आगामी जेठ २५ गते ठमेलस्थित लर्ड अफ द डिङ्क्स (एलओडी)मा प्रस्तुती दिन छन् । पर्यटन बर्ष २०२० लाई लक्षित गरेर पारामाउन्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन् लागेको उक्त लाइभ शोमा यस सिजनका इन्डियन आइडलका टप टेन प्रतिस्पर्धा समेत सहभागी हुने छन् ।२५ सय दर्शक क्षमता रहेको एलओडी अत्याधुनिक प्रविधियुक्त रहेको छ ।

बलिउडको पार्श्व गायनमा पछिल्लो समय हिट मेसिनको रुपमा रहेकी नेहा कक्करको काला चस्मा, लन्डन ठुमकरा, दिलबर, आँख मारे गीत निकै लोकप्रिय भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *