अमिताभ बच्चनको कलेजो भइसक्यो ७५ प्रतिशत खराब ,यस्तो छ खतरनाक बिरामी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । भारतमा महानायक अमिताभ बच्चन अहिले ‘कौन बनेगा करोडपती’ को ११ औं सिजन सुरु भएसँगै चर्चामा छन् । उनको बोल्ने स्टाइल ,अभिनय र जीवनबारे धेरै चर्चा हुने गर्छ । भर्खरै एक अन्तरर्वातामा अमिताभले उनको जीवनबारे केही रोचक कुराहरु बताएका छन् । देख्दा धेरै फिट र स्टालिस देखिने अमिताभ बच्चनको ७५ प्रतिशत कलेजो खराब भैसकेको छ ।

उनले भने ,मेरो ७५ प्रतिशत कलेजो खराब भएकाले २५ प्रतिशत कलेजोले मैले जीवन बिताइराखेको छु । त्यसका साथै म करिब ८ वर्षदेखि टिभी र हेपेटाइटिस बी बाट पनि पिडित छु । त्यसैले समयमा उपचार गर्यो भने सबै रोग निको हुन्छ । मैले यस्ता कयौँ रोगको उपचार गराइसकेको छु ।

अमिताभले भने ,१९८२ मा फिल्म कुल्लीको शुटिङमा मलाई भनायक चोट लागेको थियो । त्यसबेला धेरै रगत बगेको थियो । डाक्टरले समेत आशा मारिसकेको थियो । तर मैले मृत्युसँग जुधेर सिनेमा क्षेत्रमा फर्के ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *