रामकृष्ण ढकालको मर्मस्पर्शी तिहार गीत ‘टिकामाला’मा प्रकास र सरिता (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गायक रामकृष्ण ढकालको स्वरमा मर्मस्पर्शी तिहार गीत ‘टिकामाला’ सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक गरिएको गीतमा दिदीभाईको आत्मीयतालाई जोडेर देखाउन खोजिएको छ । गीतमा रमेश बि.जी.को शब्द र बि.बि.अनुरागीको संगीत रहेको छ । यो गीतको भिडियोलाई विन्ध्यवासिनी म्यूजिक नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

तिहार गीतको म्युजिक भिडियोमा दुर्गा पौडेलको छायाकंन , नवीन घर्ती मगरको सम्पादन र शंकर बिसीको निर्देशन रहेको छ । भिडियोमा सरिता लामिछाने र प्रकाश सपूतले दिदीभाईको भूमिकामा अभिनय गरेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *