‘चपली हाइट ३’ को शुभ मुहुर्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ‘चपली हाइट’को तेस्रो सिरिज ‘चपली हाइट ३’को शुभ मुहुर्त गरिएको छ । मंगलबार कार्य विनायक मन्दिरमा स्क्रिप्ट, क्ल्याप र क्यामेरा पूजाको पुजा गदै फिल्मको शुभ मुहुर्त गरिएको हो । मुहुर्त कार्यक्रममा फिल्ममा नायिका स्वस्तिमा खड्का ,सुपुष्पा भट्ट , नायक आमिर गौतम, नव नायक महेश त्रिपाठी र प्रतिक श्रेष्ठका साथै निर्माता अर्जुन कुमार, निर्देशक निकेश खड्का उपस्थित भएका थिए । यो फिल्म मंसिर ५ गतेबाट फ्लोरमा जादैँछ ।

यो फिल्मबाट नायकद्धोय महेश त्रिपाठी र प्रतिक श्रेष्ठ डेब्यू गदैछन् । निर्माण टिमका अनुसार यो फिल्मको कथावस्तु अन्य सिरिजको भन्दा फरक रहेको छ । फिल्म चैतमा प्रर्दशन हुने तयारीमा छ । सबै कलाकारहरु ब्रान्ड बनिसकेको सिरिजमा काम गर्नु पाउदाँ निकै खुसी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *