‘वार’ पछि अब ‘बागी ३’ को लागी तयार टाइगर श्राफ,फिल्ममा यस्तो छ टाइगरको लुक्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेता टाइगर श्राफ आफ्नो शारिरिक संरचना र एक्सनको कारणले निकै चर्चामा छन् । हालै ‘वार’ को अपार सफलतापछि टाइगर बागीको तेस्रो सिरिजको लागी तयार भएका छन् । फिल्मको कलाकारहरु सेरबिनामा शूटिङ गरिराखेका छन् । यसबीच टाइगरले आफ्नो तस्विर इंस्टाग्राममा सेयर गरेका छन् । जहाँ उनी निकै ह्यान्डसम देखिएका छन् ।

तस्विर हेर्दा उनी कुनै जंगलमा उभिरहेको जस्तो देखिन्छ । उनी कुनै एक्सन सिन गरिरहेको अनुमान लगाउन सकिन्छ । उनको क्याप्सन अनुसार पनि थाहा पाउन सकिन्छ । उनले तस्विर सेयर गदै क्याप्सनमा ह्यान्डसमका साथै एक्सन लेखका छन् । त्यसैले अब फेरी एकपटक टाइगरलाई एक्सन अवतार देख्न पाइने भएको छ ।

यसअघि अभिनेत्री श्रद्धा कपूरले पनि सेरबियाको एक तस्विर सेयर गरेकी थिइन् । अब श्रद्धा र टाइगर ‘वार’ को सफलतापछि फेरी ‘बागी ३’ मा देखिदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *