बाहुबलीसँग भयो तानाजीको तुलना : यस्तो छ अजय देवगनको ट्रेलरमा प्रतिक्रिया

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अजय देवगनको फिल्म तानाजी ,द अनसंग वारियरको ट्रेलर लामो समयको पर्खाइपछि सार्वजनिक भएको छ । लामो समयदेखि चर्चा चलेको फिल्मको ट्रेलर आएपछि दर्शकहरुमा उत्साह बढेको छ । तानाजीको ट्रेलर रिलिज भएपछि यसको तुलना प्रभासको फिल्म बाहुबलीसँग गरिएको छ ।

मंगलबार रिलिज भएको ट्रेलर हेरिसकेपछि तानाजीको तुलना बाहुबलीसँग गरिएको कुराहरु आउन थालेको हो ।त्यसपछि यसबारेमा अजयले भने ,हाम्रो फिल्म निकै फरक छ र यसको कथा पनि फरक छ , आजकाल केही ठुलठुला फिल्महरु आएकाले हामीले पनि निकै मिहेनतले काम गरेको बताए ।

बताए अनुसार यो फिल्म महान मराठा योद्धा तानाजी सुबेदार मालुसरेको जीवनमा आधारित रहेको छ । जहाँ छत्रपति शिवाजी महाराजको साथमा युद्धमा लडेका थिए ।यस फिल्मलाई अजय देवगनले नै प्रोड्यूस गरेका हुन् । फिल्ममा अजय उनको पत्नी काजोलको साथमा देखिएका छन् । यो फिल्म २०२० को जनवरी १० मा रिलिज हुदैँछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *