दुख र चिन्ताले मानसिक तनाव मात्रै होइन् , यी ५ शारिरिक समस्याको पनि बनाउनेछ शिकार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । दुख र सुख हामी सबैको जीवनको एक प्रमुख चिज हो । सबैको साथमा यसको एउटा एउटा ब्यक्तिगत कारण हुन्छ । के तपाईलाई थाहा छ , दुखले मनमा मात्र होइन् ,शरिरमा पनि असर पुयाउछ । किनभने दुखले सिर्फ मानसिक रुपमा मात्रै होइन् , शरिरको पुरै भागमा सक्रमण भई दुर्घटना निम्त्याउन सक्छ । त्यसैले आज हामी तपाईलाई धेरै दुखी हुदा शरिरका के के असर पर्छ बताउदै छौँ ।

१.ह्रदय रोगको खतरा
तनाव र दुख भावनात्मक र शारिरिक पक्षहरुमा जोडिन्छन् । तनावले मानिसमा क्रोध उत्पन्न गराउँछ । त्यसपछि मानिसमा एड्रेनालाइन हर्मोन उत्पन्न भएर ब्लड प्रेसरमा अचानक उतार चढाव आई हर्ट डिजिज पैदा हुन सक्छ । कहिलेकाही तनावले हर्ट सिड्रोम पनि हुनसक्छ । यस्ता ब्यक्तिलाई कुन बेला हर्ट अट्याक हुनसक्छ थाहा हुदैन् ।

२.मतिष्कमा गहिरो पिडा
एक अध्ययनको अनुसार लामो समयसम्म दुखी हुनाले मतिष्कमा नकरात्मक असर पर्दछ । दुखले सबै मतिष्कको मांसपेशिय भागमा ठुलो चोट पुग्छ । जसले मानिसहरुमा मानसिक सन्तुलन गुम्ने खतरा पनि हुन सक्छ । यदि यस्तो समस्या आएमा समयमै डाक्टरलाई देखाउनुपर्छ ।

३. पेटसम्बन्धी समस्या
दुख र तनावले हाम्रो पाचन प्रक्रियामा गम्भिर असर पर्दछ । धेरै दुखी हुने मानिसहरुको पाचन प्रक्रिया राम्ररी नहुने भएकाले त्यो ब्यक्तिलाई धेरै भोक लाग्दछ । यदि लामो समयसम्म पनि यसको उपचार भएन भने पुरै भोक लाग्न छोड्दछ । तपाई थाहा छ , धेरै दुखी हुने मानिसहरुको पहिला खाना खान बन्द हुन्छ ।

४.शरिरमा पानीको कमी
दुख र तनावले हाम्रो शरिरमा पानी सुक्छ । वैज्ञानिकका अनुसार धेरै दुखी हुने मानिसहरुमा पानीको कमी महसूस हुन्छ । जसको ओठ र मुखी सुकेर धेरै तिर्खा लागी लाग्दछ । त्यसका साथै अल्छी लाग्ने ,शरिरका शक्ति नभएको जस्तो महसूस हुने र ब्लड सर्कुलेसन पनि धेरै छिटोछिटो हुन्छ । त्यसपछि विस्तारै छाला कालो कालो हुदै जान्छ ।

५.शरिरमा इंफेक्शन सेंसिटिव हुन सक्छ
धेरै दुखी हुने मानिसहरुको इम्यूनिटि विस्तारै विस्तारै कम हुदै जान्छ । त्यसपछि शरिरमा इंफेक्शन सेंसिटिव हुन सुरु हुन्छ । कोही ब्यक्तिलाई इंफेक्सनले चाडै पक्रन्छ । जसलाई इंफेक्सनको कारण रुघाखोकी र भाइरल रोगहरु लाग्दछ । कमजोर इम्यूनिटिको कारण मानिसहरुमा सामान्य बिरामीदेखि गम्भीर बिरामीले च्याप्न सक्छ । त्यसैले जसरी भएपछि दुख र तनावलाई कम गर्नुपर्छ । त्यसका लागी धेरै घुम्ने ,कुराकानी गर्ने , नाचगान गर्ने जस्ता कामहरु गरेमा तनाव कम हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *