सलमान खानको फिल्म ‘राधे’ मा बिग बोस ८ को बिजेता गौतम गुलाटीको इन्ट्री

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सलमान खानको फिल्म ‘राधे’ आगामी वर्षको बहुप्रतिक्षित फिल्म हो । यस फिल्मको शूटिङ ४ नोबेम्बरबाट शुरु भइसकेको छ । केही समय अगाडि सलमानले फिल्मको कलाकारको घोषणा गरेका थिए । सलमानले इंस्टाग्राममा शेयर गरेको नाममा सोहेल खान , दिशा पटानी ,अतुल अग्निहोत्र ,जैकी श्राफ र निर्देशक प्रभु देवा र रणदीप हुड्डा रहेका छन् । अब यस फिल्ममा एक चर्चित कलाकारको पनि इन्ट्री भएको छ ।

खबरका अनुसार टिभी अभिनेता तथा बिग बोस सिजन ८ को बिजेता गौतम गुलाटी देखिदैछन् । अहिलेसम्म उनको रोललाई लिएर खास कुरा बाहिर आएको छैन् । तर बताए अनुसार उनको फिल्ममा मुख्य भूमिका हुनेछ । फिल्ममा रणदीप नकरात्मक भूमिकामा देखिदैछन् ।

फिल्ममा मुख्य अभिनेत्रीको भूमिकामा दिशा पटानी हुनेछिन् । यसअघि भारतमा दिशा सलमानको जोडीको रुपमा पर्दामा देखिएकी थिइन् । जसलाई दर्शकहरुले एकदमै मन पराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *