आयुष्मान खुरानाले नेशनल अवार्ड जितेपछि यति गुणा बढाए आफ्नो पारिश्रमिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडमा अभिनेता आयुष्मान खुरानाले आफ्नो पारिश्रमिक राष्ट्रिय फिल्म पुरस्कार र दो दनादन फिल्म आएपनि बढाएका छन् । उनले आफ्नो फिल्मलाई ब्यवसायिक गर्नको लागी शुल्क बढाएका छन् । आयुष्मान खुरानाले हालै राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित भएका थिए । उनले बेस्ट अभिनेताको पुरस्कार जितेका छन् ।

एक खबरअनुसार आयुष्मानले विज्ञापन गर्नको लागी आफ्नो शुल्क ३ गुणा बढाएका छन् ।उनको भर्खरै अंधाधुन र बधाई हो रिलिज भएको थियो । यो फिल्मलाई दर्शकले निकै मन पराएका छन् ।उनको हाल फिल्म ड्रिम गर्ल आउदै छन् ।
त्यसैले उनले यो मौका पारेर ३ गुणा पारिश्रमिक बढाएका हुन् । अब कुनै पनि विज्ञापनमा देखिनको लागी उनले पहिलेभन्दा ३ गुणा बढाएका हुन् । उनको फिल्म ड्रिम गर्लमा उनको अलवा नुसरत भरुचा, अनु कपूर, विजय राज ,अभिषेक बनर्जी र निधि विष्ट र राजेश शर्माको प्रमुख भूमिका रहेको छ ।राज शांडिल्यको निर्देशनमा रहेको फिलम १३ सेप्टेम्बरमा रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *