बरिष्ठ फिल्म निर्देशक किशोर रानाको निधन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म क्षेत्रका बरिष्ठ फिल्म निर्देशक किशोर राना मगरको ५४ वर्षको उमेरमा निधन भएको छ । विगत ६ महिनादेखि मृगौला डाइलिसिस गराइरहेका रानाको बुधबार निधन भएको हो । उनले केही समयअघि मृगौलाको समस्या देखिएपछि भारतको बैंगलोरमा गएर २ पटक डाइलिसिस गराएका थिए ।उनको आज साझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ ।

बलिउडमा करीब १५ वर्ष विताएका रानाले नेपाली फिल्ममा पहिलो पटक विएस थापाको फिल्म ’कान्छी’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए । उनले निर्देशन गरेको फिल्महरु ’सीमारेखा’, ’करोडपति’, ’राँको’, ’एक नम्बरको पाखे’, ’कान्छी’, ’बन्धकी’ हुन् । त्यसका साथै एक भोजपुरी फिल्मको समेत लेखन तथा निर्देशन गरेका छन् । उनकी श्रीमती गायिका संगीता राना प्रधान हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *