रियल मड्रिडका तीन खेलाडी भित्र्याउन पिएसजीको प्रस्ताव, बदलामा नेयमार दिन सक्ने !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) रियल मड्रिडका तीन खेलाडीका लागि ठुलो रकमको प्रस्ताव गरेको बताइएको छ । फ्रान्सेली पत्रिका ‘ले पेरिसियन’का अनुसार पिएसजी वेल्स स्ट्राइकर ग्यारेथ बेल, टोनी क्रुस र इस्कोलाई अनुबन्ध गर्न ठुलो रकमको प्रस्ताव गरेको हो ।

पिएसजीले रियलका तीन खेलाडीका लागि १८० मिलियन पाउण्डको प्रस्ताव गरेको छ । रियलका प्रशिक्षक जिनेदिन जिदानले बेल आउदो सिजनमा आफ्नो योजनामा नरहेको बताएका थिए ।

त्यस्तै क्रुस टोलीमा पर्न संघर्षरत छन् भने इस्को लय बाहिर छन् । रिपोर्टका अनुसार पिएसजीले क्रुसलाई विशेष रोजाइमा राखेको जनाएको छ । रियलका तीन खेलाडीको बदलामा नेयमार दिन सक्ने बताइएको छ । रियलले गत सिजन देखि नै नेयमारलाई क्लबमा अनुबन्ध गर्न चाहिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *