रोनाल्डोलाई मेस्सीले पछि पारे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पोर्चुगिज सुपर स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

एइबारविरुद्ध भएको सिजनको अन्तिम खेलमा दुई गोल गरेसँगै मेस्सीले युभेन्ट्सका फरवार्ड रोनाल्डोलाई क्लबका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पछि पारेका हुन् । दुई गोलसँगै मेस्सीको क्लबका लागि ६०२ गोल पुरा भएको छ । मेस्सीले ६८६ खेल खेलेका छन् । यता रोनाल्डोले ६०१ गोल पुरा गर्दा ६०८ खेल मात्र खेलेका छन् ।

रोनाल्डोले भने मेस्सी भन्दा ७८ खेल कम खेलेका छन् । मेस्सीले बार्सिलोनाको सिनियर टोलीका लागि मात्र ६०२ गोल पुरा गरेका हुन् । उनले बार्सिलोनाको जुनियर बी र सी टिम गरी ७१८ खेलमा ६१३ गोल गरेका छन् ।

यता रोनाल्डोले आफ्नो ६ सय गोलको आँकडा पुरा गर्न पोर्चुगलकै स्पोर्टिङ क्लब, इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाईटेड, स्पेनिस ला लिगा क्लब रियल मड्रिड तथा इटालियन सिरी ए क्लब युभेन्ट्सबाट खेलेका छन् । क्लबका लागि ६ सयौं गोल पुरा गर्ने पहिलो खेलाडी भने रोनाल्डो हुन् ।

यस सिजन गोल्डेन बुटका दाबेदार समेत रहेका मेस्सीले ला लिगामा ३४ खेलमा ३६ गोल गरेका छन् । यता रोनाल्डोले भने ३१ खेलमा मात्र २१ गोल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *