पाँच पत्रकारलाई चलचित्र पत्रकारिता सम्मान र पुरस्कार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ जेठ । २०औं चलचित्र पत्रकारिता दिवसको अवसरमा पाँचजना चलचित्र पत्रकारलाई सम्मान र पुरस्कृत गरिएको छ । मंगलबार राजधानीमा आयोजित विशेष समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बासकोटाले उनीहरूलाई सम्मान र पुरस्कृत गरेका हुन् ।

राष्ट्रिय चलचित्र पत्रकारिताबाट सम्मानित हुनेमा नरेश भट्टराई र श्याम स्मृत रहेका छन् । दुई दशकभन्दा बढी समयदेखि नेपाली रंग पत्रकारिताको विकासमा योगदान गरेको भन्दै उनीहरूलाई  चलचित्र पत्रकारिताबाट सम्मानित गरिएको हो । सञ्चारमन्त्री बासकोटाले ताम्रपत्र, खादा ओढाएर उनीहरूलाई सम्मानित गरेका हुन् ।

भट्टराई लामो समयदेखि इमेज एफएममा कार्यरत थिए । हाल उनी हिमालयन टेलिभिजनमा कार्यरत छन् । पत्रकारितासँगै गीत लेखन र उद्घोषणमा भट्टराई लोकप्रिय छन् । श्याम स्मृत हाल ‘नामी’ पत्रिका र भिजन संसार डटकमका प्रधानसम्पादक छन् ।
राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट कुवेर गिरी, शारदा थापा र विनोद पोखरेल पुरस्कृत भए । गिरी र थापा एक दशकभन्दा बढी समयदेखि चलचित्र पत्रकारितामा संलग्न छन् । गिरी रातोपाटी डटकम र थापा एबीसी टेलिभिजनमा कार्यरत छन् । उनीहरूलाई नगद २१ हजार र ताम्रपत्रसहित पुरस्कृत गरिएको थियो ।

यस्तै, विनोद पोखरेललाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट पुरस्कृत गरिएको छ । उनलाई ताम्रपत्रसहित एउटा ल्यापटप प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *