पत्रकारको कार्यक्रममा केकी अधिकारी, बेनिशा हमाल र रिमा विश्वकर्माको मित्रता यस्तो देखियो (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ८ जेठ । चलचित्र पत्रकार संघ नेपालले मंगलबार राजधानीमा २०औं चलचित्र पत्रकारिता दिवस विशेष समारोहका आयोजना गरेर मनायो । कालोपुलको बेस्ट भेन्यूमा आयोजित कार्यक्रममा सयौं पत्रकार र दर्जनौं सिनेकर्मी उपस्थित थिए ।
साढे ४ बजे सुरु हुने बताइएको कार्यक्रम ६ बजेदेखि मात्र सुरु भएको थियो ।

कार्यक्रममा भुवन केसी, करिश्मा मानन्धर, विनोद मानन्धर, रमेश उपे्रती, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे माग्नेबुढा, निर्मल शर्मा, केशव भट्टराई, प्रदीप भट्टराई, केकी अधिकारी, बेनिशा हमाल, रिमा विश्वकर्मा, वर्षा शिवाकोटी, निता ढुंगाना, आमेश भण्डारी, जितु नेपाल, बुद्धि तामाङ, मिलन चाम्सलगायत दर्जनौं चर्चित चलचित्रकर्मी सहभागी थिए ।

कार्यक्रममा नायिका करिश्मा मानन्धर, केकी अधिकारी, बेनिशा हमाल र रिमा विश्वकर्मा आकर्षणका केन्द्र बनेका थिए । करिश्माको पहिरन आकर्षक देखिएको थियो । उनी कार्यक्रम सुरु हुनुभन्दा आधा घन्टाअघि नै आइपुगेकी थिइन् ।
कार्यक्रम सुरु हुनुअघि पुगेकी बेनिशा हमाल र बीचमा पुगेका केकी अधिकारी र रिमा विश्वकर्मा पनि पत्रकारको आकर्षण केन्द्र बनेका थिए । तीनजना सँगै बसेर गरेको रमाइलो कुराकानीमा पत्रकार र क्यामेरामेनको भीड लागेको थियो ।
केकी, बेनिशा र रिमा असाध्यै मिल्ने साथी हुन् ।

कुनै पनि फिल्मी कार्यक्रममा उनीहरू सँगै जान्छन् । अरु समय पनि यी तीन नायिकाको भेटघाट, खानपिन, घुमघाम भइरहन्छ । ‘कोहलपुर एक्सप्रेस’ पनि केकी अधिकारी फुर्सदमा छिन् । उनी हालै दीपकराज गिरीले बनाउन लागेको ‘छ माया छपक्कै’ मा अनुबन्ध भएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *