अर्जेन्टिनाका लिजेन्ड मेनोट्टीले भने, ‘ब्राजिल बलियो छ, कोपा अमेरिका जित्न सक्छ’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः अर्जेन्टिनाका लिजेन्ड तथा पूर्वप्रशिक्षक केसार लुइस मेनोट्टीले कोपा अमेरिकामा ब्राजिल सबैभन्दा बलियो टोली भएको बताएका छन् । जुन १४ बाट ब्राजिलमा हुन लागेको कोपा अमेरिकाका विषयमा टिप्पणी गर्दै उनले ब्राजिललाई सबैभन्दा बलियो टोलीकारुपमा उभ्याएका छन् । स्टार खेलाडी र टिमका हिसाबले यसपटक ब्राजिल र अर्जेन्टिना मुख्य रूपमा उपाधि दौडमा रहने उनले बताए ।

‘यसपटक ब्राजिल सबैभन्दा बलियो अवस्थामा छ । ब्राजिलसँग हरेक पोजिसनका लागि एकसेएक खेलाडी छन्,’ उनले भनेका छन् । मेनोट्टीले अर्जेन्टिना भने सीमित खेलाडीमा निर्भर रहेको बताएका छन् ।

सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप जिताएका उनले  विगतमा बार्सिलोना र अर्जेन्टिनी टोलीलाई समेत प्रशिक्षण दिएका थिए । मेनोट्टीले यसपटक अर्जेन्टिनाले उपाधि जितेको आफूले हेर्न चाहेको बताए । मेस्सीले यो पटक उपाधि जितिदिए हुने भन्ने आफ्नो चाहाना रहेको सुनाउँदै उनले मेस्सी यो पटक पनि चुके कहिलै सफल हुन नसक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *