सन्दीपले पुनः क्यारेबियन लिग खेल्ने

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने पक्का भएको छ । सन्दीपले लगातार दोस्रो सिजन सीपीएल लिग खेल्ने पक्का भएको हो । लण्डनमा जारी ड्राफ्टबाट सन्दीपलाई सीपीएल टिमले अनुबन्ध गरेको छ ।

ड्राफ्टबाट सन्दीपलाई बार्बाडस ट्राइडेन्टसले अनुबन्ध गरेको छ । उनलाई पाँचौ चरणमा बार्बाडस ट्राइडेन्टसले छनोट गरेको हो । उनी यस सिजन महङ्गो मुल्यमा टोलीमा समावेश भएका छन् । अघिल्लो सिजन करिब ६ लाखमा अनुबन्धन भएका सन्दीपले यस सिजन करिब ८० लाख प्राप्त गर्नेछन् ।

सन्दीपले गत सिजनको सीपीएल सेन्ट किट्स एन्ड नाभिस प्याट्रियट्सबाट खेलेका थिए । गत सिजन सीपीएलमा सन्दिपले ५ खेल खेल्दै १०६ रन खर्चेर ७ विकेट लिएका थिए ।

यस संस्करणको सीपीएल आगमी जुलाई ११ देखी अगष्ट १६ सम्म हुनेछ । जसमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *