म्यान सिटी छोडेर गर्डिवलाले युभेन्टससँग सम्झौता गरेको खुलसा !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गर्डिवलाले युभेन्टससँग सम्झौता गरेको खुलासा भएको छ । स्पेन, जर्मनी र इंग्ल्याण्डकामा सफल भइसकेका उनले इटालियन क्लबसँग चार बर्षका लागि सम्झौता गरेको खुलसा भएको हो । ४८ बर्षिय स्पेनिस प्रशिक्षकले यो सिजनमा म्यानचेस्टर सिटीलाई ऐतिहासिक ट्रेबल जिताएका थिए । तर, उनले क्लबलाई च्याम्पियन्स लिग भने जिताउन सकेनन् ।

सिटी क्वाटर फाइनलमा टोटनहमसँग पराजित हुँदै युरोपेली च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । मासिमिलियानो एलेग्रीले क्बल छाडेसँगै गर्डिवला युभेन्टस जान लागेका हुन् ।

तर गर्डिवलाले भने यसलाई अफवाह भनेका छन् । ‘म युभेन्टस वा इटाली जान लागेको हैन । यहाँ दुई वर्ष अझै बाँकी छ र म य सन्तुष्ट छु,’ उनले भनेका छन् । इटालियन मिडियाका अनुसार गर्डिवलाले युभेन्टसका स्पोर्टिङ डाइरेक्टर फावियो पाराटिकीसँग मंगलबार भेट गरेका थिए ।

सिरिए च्याम्पियन युभेन्टस च्याम्पियन्स लिगको भोको रहेको छ । च्याम्पियन्स लिग जित्नका लागि युभेन्टसले अघिल्लो सिजन क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *