के रातमा केरा खानु फाइदाजनक हुन्छ ? जान्नुस् केरा खानुको उपयुक्त समय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । केरा स्वास्थ्यको लागी एकदमै फाइदाजनक फल हो । यसमा शरिरमा आवश्यक पर्ने भिटामिन , फाइबर , पोटासियम , म्याग्नेसियम र क्याल्सियम पाइन्छ । केरा नियमित खानाले तौल नियन्त्रण गर्नुका साथै मुटुलाई पनि स्वास्थ्य राख्दछ । तर मानिसहरु केरालाई राती खाएमा रुघाखोकी लाग्ने बताउँछन् ।

के रातमा केरा खानु फाइदाजनक हुन्छ ?
राती केरा खाँदा बेफाइदा हुन्छ भनेर अहिलेसम्म केही वैज्ञानिक तथ्य छैन् । तर आयुर्वेदको अनुसार राती केरा खादा स्वास्थ्यमा असर पर्ने बताउँछन् । राती केरा खाएमा रुघाखोकी र घाँटी दुख्ने समस्या देखा पर्दछ । त्यसैले अरुबेला स्वास्थ्यको लागी फाइदाजनक भएपनि रातमा केरा खानु स्वास्थ्यको लागी हानिकारक हुन्छ ।

एक अध्ययनले पनि राती सुत्ने बेला फलफूल खाएर सुत्नु राम्रो भएको पत्ता लगाएको छ । किनभने रातमा निन्द्रा नलाग्ने औषधी खाएर सुत्नुभन्दा केरा सेवन गर्दा राम्रो हुन्छ । एउटा केरामा लगभग १०५ क्यालोरी हुन्छ । हामीले रातमा ५०० भन्दा कम क्यालोरी खानुपर्छ । जसले गर्दा दूधमा २ वटा केरा मिसाएर खाँदा फाइदाजनक हुन्छ ।

त्यति मात्र होइन् , तपाईले ब्यायाम गरेपछि केरा खानु भयो पनि फाइदाजनक हुन्छ । एक अध्ययनको अनुसार जो मानिसहरुले धेरै मसलेदार खानेकुरा खान्छन् ,त्यसले रातमा केरा खानु फाइदाजनक भएको पत्ता लगाएको छ । यसरी रातमा केरा खाँएमा रक्त सञ्चार राम्ररी हुने , कोलेस्ट्रोल समेत नियन्त्रण गर्नुका साथै हड्डी बलियो बनाउँछ । त्यसैले राती केरा खादाँ स्वास्थ्यमा केही असर गर्दैन् । तर घाँटी दुख्ने र रुघाखोकीको समस्या छ भने केरा नखानुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *