के नेयमार र एमबाप्पे रियल मड्रिड जाँदैछन् ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः नेयमार र केलियन एमबाप्पे दुवै यो समरमा रियल मड्रिडले भित्र्याउन चाहेका खेलाडी हुन् । यद्यपी रियलले दुई मध्ये एकलाई भित्र्याउन सक्छ । विहिबार एमबाप्पेले आफुले धेरै जिम्मेवारी चाहेको र त्यसका लागि पिएसजी छोड्न सक्ने संकेत समेत गरिससकेका छन् । नेयमार समेत स्पेन फर्कन चाहान्छन् । रियलको इच्छा नेयमारलाई अनुबन्ध गर्ने रहेको छ । गत समर देखि नै रियलले नेयमारलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।

नेयमार आफैं पनि पिएसजीमा कठिन अवस्थाबाट गुज्रिरहेका छन् । पिएसजीमा विताएका दुवै सिजनमा उनी ६ महिना मैदान बाहिर रहेका छन् । उनी मैदानमा अविश्सनियरुपमा प्रभावशाली देखिन्छन् । हरेक १०३ मिनेटमा उनले गोल गरेका छन् । यो सिजनमा उनले ११ असिस्ट समेत गरेका छन् ।

यतो एमबाप्पे यो सिजन लिग वानको शिर्ष गोल कर्ता हुन् । उनले अन्तिम खेल खेल्नु अघि ३२ गोल गरिसकेका छन् । पिएसजीको ड्रेसिङरुपमा ब्राजिलियन साथी थियागो सिल्भा, मार्किन्योस र डानी आल्भेस छन् । नेयमारको उनीहरुसँग राम्रो सम्बन्ध छ । यो समरमा आल्भेस इंग्लिस क्लब जाने चर्चा चलिरहेको छ भने मार्किन्योसलाई यभुेन्टसले अनुबन्ध गर्न चाहिरहेको छ । यस्तो अवस्थामा ब्राजिलियनको समुह तोडिन सक्ने अनुमान गरिएको छ । नेयमार सेन्टियागो बर्नाबेउमा सहजै फिट हुन्छन् । किनकी उनलाई स्पेनिस फुटबलको अनुभव छ । रियलमा ब्राजिलियन साथी मार्सेलो, कासिमिरो, भिनिसियस पनि छन् ।

एमबाप्पे समेत नेयमारसँग अलग्गिन सक्नेछन् । उनी रियल आए ड्रेसिङरुपमा राफेल भरान, करिम बेन्जेमा पनि रहेकाले उनलाई सहज हुने जिदानको बुझाइ छ । पल पोग्बालाई ल्याउन सके फ्रेन्चहरुको मजबुद टोली निर्माण हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *