चीनले गर्यो अर्को चमत्कार ! बनायो अन्तरीक्षयान जस्तै देखिने यस्तो अनौठो एयरपोर्ट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । तपाईलाई, यो तस्विर देख्दा अचम्म लाग्न सक्छ । किनभने ,यो तस्विर पहिलो पटक देख्दा अन्तरिक्षयान अथवा स्टारफिस जस्तो देखिन्छ । त्यसैले धेरैलाई यो तस्विर हेरेर पहिचान गर्न गाह्रो छ । तर यो कुनै स्टासफिस र अन्तरिक्षयान भने होइन् , यो चिनको बेइजिङमा बनेको एयरपोर्ट हो । यो एयरपोर्टको नाम डाजिङ्ग इन्टरनेशनल एयरपोर्ट हो । यो एयरपोर्टको २ महिनाअघि मात्र चिनियाँ राष्ट्रपतिले उदघाटन गरेका हुन् ।

कस्तो छ एयरपोर्ट ?
करिब ११ अर्ब डलर लागतमा बनेको यो एयरपोर्ट ९८ वटा फुटबल मैदान बराबरको क्षेत्रफलमा फैलिएको छ । चर्चित आर्किटेक्ट जहा हदीदले डिजाइन गरेका एयरपोर्टको कूल क्षेत्रफल १ सय ७३ एक्कड रहेको छ । यो एयरपोर्टमा भएको टर्मिनल एउटा भवनमा मात्र फैलिएको विश्वको सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ । यो एयरपोर्ट बनेसँगै बेइजिङ दुईवटा ठूला अन्तर्रा्ष्ट्रिय विमानस्थल हुने विश्वका चर्चित सहरहरुमा परेको छ । अहिले चिनको यो एयरपोर्टले विश्वका मानिसहरुको ध्यान तानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *