कसैले नदेखेको देवताको वास्तविक अनुहार वैज्ञानिकले लगाए पत्ता , यस्तो छ स्केच

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हामी आ आफ्नो धर्म अनुसार देवताको मूर्ति र तस्विरहरु घर तथा मन्दिरमा राखेर पुजा गर्ने गछौँ । किनभने यसरी देवताको पुजा गरेपछि मानिसहरुलाई राम्रो फल मिल्छ भन्ने धार्मिक विश्वास रहेको छ । पुखौ पुर्खादेखि मान्दै आएको धर्मअनुसार हाम्रो आ आफ्नै किसिमको देवताहरु रहेको छ । तर तपाईले कहिल्यै सोच्नु भएको छ ? के हामीले नियमित पुजा गर्ने देवता वास्तविक हुन् या काल्पनिक ? किनभने अहिलेसम्म देवताको वास्तविक मूर्ति र तस्विर देखेको प्रमाण छैन् । तर अहिले कसैले नदेखेको देवताको वास्तविक अनुहार वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

वास्तवमा कस्तो छ देवताको अनुहार ?
युनिभर्सिटी अफ नर्थ क्यालिफोर्नियामा गरिएको एक अनुसन्धान अनुसार देवताको वास्तविक अनुहार पत्ता लागेको दाबी छ । अमेरिकी वैज्ञानिकको पछिल्लो दाबीलाई हेर्दा अनुसन्धानबाट देवताको वास्तविक अनुहार जवान देखिन्छ । उनीहरुले उक्त अनुहारको स्केच पनि सार्वजनिक गरेका छन । वैज्ञानिक तथा मनोविदहरुले निकै लामो समय लगाएर गरिएको अनुसन्धानमा ५ सय ११ जना अमेरिकी ईशाइहरुको सहयोग लिइएको थियो । जहाँ कयौ फरक फरक मानिसहरुको अनुहारबाट केही केही झलक लिएर पूर्ण देवताको तस्विर तयार पारियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *