जापानबाटै वर्षा र अनमोल अर्को अवार्डमा सहभागी हुन अमेरिका उडे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । जापानमा चर्चित अभिनेताको अवार्ड जितेका अनमोल केसी र अभिनेत्री वर्षा राउत अमेरिका उडेका छन् । दुवैजना सिधै अमेरिकामा हुन लागेको ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’ मा सहभागी हुन अमेरिका पुगेका हुन् । यो अवार्ड नोभेम्बेर ३० तारिखमा बर्कली शहरमा अवस्थित युसी थिएटरमा हुँदैछ । उनीहरुसँगै अभिनेता भुवन केसी पनि जापानबाटै अमेरिका उडेका हुन् । यो कुराको वर्षाले एयरपोर्टमा अनमोलसँग बसेको तस्विर सेयर गदै जानकारी दिएकी हुन् ।

यसअघि , जापानमा भएको ‘सूर्य इन्टरनेशल अवार्ड’ मा फिल्म ‘क्याप्टेन’ बाट अनमोलले चर्चित अभिनेता र फिल्म ‘गोपी’ बाट वर्षाले सह अभिनेत्रीको अवार्ड जितेकी छन् । तर जापानमा भएको अवार्ड कार्यक्रम हलमा दर्शकविहिन बनेपछि सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो । कतिले खाली कुर्सीको अगाडि अवार्ड थापेको भन्दै आलोचना गरेका छन् ।

यसैबीच , नेपालबाट पनि निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइ अमेरिका उडेका छन् । बताए अनुसार महा नायक राजेश हमाल, शिव श्रेष्ठ, नीर शाह, नम्रता श्रेष्ठ, केकी अधिकारी, रीमा विश्वकर्मा, सन्ध्या केसी पनि अवार्डमा सहभागी हुनका लागि अमेरिकामा जादैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *