चलचित्र ‘बल्छी धुव्रे’ को शुभ मूर्हुत गर्दै छायांकन सुरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेलाली चलचित्र ‘बल्छी धुव्रे’ को शुभ मूर्हुत गर्दै छायांकन सुरु गरिएको छ । महालक्ष्मी मन्दिरमा शुभ मूर्हुत गर्दै चलचित्रको छायाकंन सुरु गरिएको हो । चलचित्रको नेपालका विभिन्न सुन्दर स्थानहरुमा छायाकंन गरिने निर्माण टिमले जानकारी दिएको छ ।

लुम्बिनी मुभि मेकरको प्रस्तुतीमा बन्न लागेका चलचित्रमा दिलिप कहरको छायाँकन, विवेक थापा र राजन मर्हजनको नृत्य , शंकर अधिकारी घायलको गीत, पटकथा तथा सम्वाद र केदार मल्लको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा आश्मा तिवारी, प्रेरणा वोहरा, सुरेन्द्र बराल, दिपक घिमिरे, अर्चना सुवेदी, योजना पुन मगर, राम शरण खत्री, राजन श्रेष्ठ, संगम प्रजापती, लाल प्रसाद सापकोटा र दिपक भण्डारी लगायतको अभिनय रहेको छ । चलचित्रमा युना खड्का र समिर प्रजापतिले बाल कलाकारको रुपमा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *