‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक ,पोस्टरमा विराजको यस्तो लुक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘साङ्लो’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा नायक विराज भट्ट एक्सन लुकमा देखिएका छन् । पोस्टरसँगै चलचित्रको परिवर्तन भएको रिलिज मिति समेत घोषणा गरिएको छ । यसअघि ‘साङ्लो’ कात्तिक १५ गते रिलिज हुने भनिए पनि हाल चलचित्र शिवरात्रीको अवसर पारेर फल्गुन ९ गते रिलिज हुने घोषणा गरिएको छ । यो चलचित्रबाट नायक बिराज भट्टले निर्देशनमा डेब्यू गरेका हुन् ।

चलचित्रमा विराज भट्टको जोडीको रुपमा निकिता चन्द रहेकी छिन् ।चलचित्रमा शिवम अधिकारीको लेखन ,मानकृष्ण मर्हजनको छायाकंन ,राजनराज शिवाकोटी ,सुरेश अधिकारी र खुम्बु सिंहको संगीत र श्री श्रेष्ठको द्धन्द रहेको छ । त्यस्तै चलचित्रको नवराज शर्मा मुख्य सहायक निर्देशक हुन् । तेज वहादुर श्रेष्ठले निमार्ण गरेको चलचित्रमा विराज र निकितासँगै प्रकाश शाह , कामेश्वर चौरासिया,जयनन्द लामा ,भारत शाह , आर.पि. पन्त लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *