चलचित्र ‘सरौतो’को ‘केही आधा’ बोलको गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कथनाक चलचित्र ‘सरौतो’को ‘केही आधा’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायक पुस्पन प्रधानको स्वर ,शब्द तथा संगीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकार सुमी मोक्तान ,सन्नी सिंह लगायतले अभिनय गरेका छन् ।

हरि हुमागाईंको निर्देशनमा बनेको चलचित्रमा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको द्वन्द रहेको छ । यो चलचित्रबाट हरि हुमागाईले निर्देशनमा डेब्यू गरेका हुन् ।चलचित्रमा सुमी मोक्तान र सन्नी सिंहसँगै विजय लामा , युवराज लामा , धिरेन शाक्य , आमिर गौतम , अरुणा कार्की , पराकर्म पीजेबी राणा , सम्पदा दाहाल , सुवाङ्गम शाह , लियो ट्यांक , मनिषा पुन मगर , प्रतिक दुलाल , मनोज तामाङ लगायतका थुपै कलाकारले अभिनय गरेका छन् । यो चलचित्र कात्तिक २२ गतेबाट रिलिज हुदैँछ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *