यी ७ वंशाणुगत रोगहरु ,जसले पुस्तौं पुस्तासम्म पनि दिइरहन्छन् धेरै दुख

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आमा बाबुको गुण छोराछोरीमा सर्नु सामान्य कुरा हो । तर धेरैलाई आमा बाबुको गुणसँगै आनुवांशिक रोगहरु पनि सरिरहेको हुन्छ । उक्त वंशाणुगत रोगले एक पुस्ता मात्रै नभएर पुस्तौँ पुस्तासम्म पनि दुख दिइरहन्छ । त्यसैले वंशाणुगत रोगले धेरै मानिसहरुको अकालमै ज्यानै जाने सम्भावना समेत हुन्छ । आज हामी यस्तै ७ वंशाणुगत रोगको बारेमा कुरा गदै छौँ । हेर्नुस् के के हुन् ?

डीप वेन थ्रोम्बोसिस :यो रोग एकपुस्ताबाट अर्को पुस्तामा सर्ने रोग हो । जुन रगतमा समस्या हुदाँ नशाको गहिराईसम्म देख्न सकिन्छ । यो रोग अधिकाशं खुट्टाको फिलामा देखिन्छ ।

ल्टीपल स्केलेरोसिस :मल्टीपल स्केलेरोसिस पनि वंशाणुगत रोग हो । यदि यो रोग लागेमा एण्टिबडी मस्तिस्क, हड्डी र आँखाको नशामा असर पर्दछ ।

मधुमेह :अधिकाशं मानिसहरुमा लाग्ने मधुमेह पनि अनुवांशिक रोग हो । यो रोग लामो समयसम्म रगतमा चिनीको मात्रा बढी भएमा लाग्दछ ।

हेमोचरोमाटोसिस :यो पनि अनुवांशिक रोग हो । जुन शरिरमा फलामको मात्रा जम्मा हुदाँ लाग्ने गर्दछ । यो रोगलाई धेरैले रक्तवर्णकता नामले पनि चिन्दछन् ।

थैलेसीमिया  :यो रोग पनि एक पुस्ताबाट अर्को पुस्तामा सर्ने वंशाणुगत रोग हो । यो रोग शरिरमा रगतको कमी भएमा लाग्दछ । यसले शरीरमा हेमोग्लोविनको निर्माण प्रक्रियामा समस्या पैदा गर्दछ । त्यसैले समय समयमा शरिरमा रगत दिइरहनुपर्छ ।

सिस्टिक फाइब्रोसिस :यो पनि वंशाणुगत रोग नै हो । जसले शरिरको प्याङ्क्रियाज, मूत्राशयको अंग, जनेन्द्रीय र पसिना ग्रन्थीहरुमा असर पार्दछ ।

हिमोफिलिया :यो रोग पनि मानिसलाई पुस्तौँ पुस्तौँसम्म दुख दिने आनुवांशिक रोग हो । यो रोग लागेमा शरीरभन्दा बाहिर बगेको रगत जम्दैन । जुन निकै शरिरमा चोटपटक लाग्दा निकै खतरनाक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *