यस्तो बन्यो चलचित्र ‘आप्पा’ को ट्रेलर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । राजधानीमा एक कार्यक्रम गर्दै चलचित्र ‘आप्पा’ निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेका छन् । बाबू छोराको सम्बन्धलाई लिएर निर्माण भएको उक्त चलचित्रमा नायक दयाहाङ राईले आप्पाको भूमिका निर्वाह गरेका छन् ।

दयाहाङ र सिद्धार्थराज तामाङको मूख्य भूमिका रहेको उक्त फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका छन् । चलचित्रमा तुलसी घिमिरे, अरुणा कार्की, अल्लोना कबो लेप्चा, सम्राट, विश्वास र रिंकी लगायतका कलाकारको अभिनय रहेको छ । माउण्ट स्टोरिज र सिनेमा आर्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई रुदेन सदा लेप्चाले निर्माण गरेका हुन् ।

अनमोल गुरुङको संगीत, निमेष श्रेष्ठको सम्पादन, शैलेन्द्र डि कार्कीको छायांकन र योजना प्रधानको कोरियोग्राफी रहेको छ । चलचित्रको कार्यकारी निर्माता मबो चेम्जोङ हुन् । यही असार १३ बाट चलचित्र देशभर प्रदर्शनमा आउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *