रणवीर कपूरसँग कसरी टुट्यो कट्रिना कैफको सम्बन्ध ? यस्तो छ वास्तविक कारण

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडमा निकै आशा गरिएको फिल्म ‘भारत’को प्रमोशनमा ब्यस्त रहकी अभिनेत्री कट्रिना कैफले नेहा धुपियाको च्यारिटि शोमा पुगेर दिएको अभिव्यक्तिको कारण चर्चामा रहेकी छन् ।

नेहा धुपियाको च्यारिटि शोमा पुगेकी उनलाई आएको प्रश्नमा के तपाईलाई कलाकार माथि भरोसा छैन भन्ने प्रश्नमा अचिनेता रणवीर कपूरको नाम लिँदै उनीसँग कुनै गोप्य कुरा लुकाएर राख्न सक्ने क्षमता नभएको बताएकी छन् ।

केही वर्ष पहिले रणवीर कपूरको प्रेममा रहेकी कट्रिनाले रणवीरसँगको सम्बन्धलाई ब्रेकअप गरेर केही समयदेखि सिंगल रहेकी छन् । उता रणवीर आलियासँगको प्रेम सम्बन्धमा रहेका छन् ।

कट्रिना कैफ अभिनित फिल्म भारत जुन ५ बाट प्रर्दशन हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *