फिल्म ‘छड्के’ को सिक्वेल ‘छड्के २’ काे घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । करिब ६ वर्ष अगाडि रिलिज भएको फिल्म ‘छड्के’ को सिक्वेल ‘छड्के २’ बन्ने भएको छ । घटस्थापनाको शुभ अवसारमा निर्माण टिमले ‘छड्के’ को सिक्वेल बन्ने घोषणा गरेका हुन् । फिल्मलाई निगम श्रेष्ठले निर्देशन गदैछन् । निर्देशक श्रेष्ठले बताए अनुसार तिहारपछि छायांकन सुरु हुने फिल्मको रिलिज मिती समेत घोषणा गरेका छन् । फिल्म अर्काे वर्षको दशैमा रिलिज हुनेछ । फिल्मलाई नेगेटिभ बुद्ध र रस ताण्डवले संयुक्त रुपमा मिलेर निर्माण गर्नेछन् ।

यसअघि ग्याङस्टारको कथामा निर्माण भएको ‘छड्के’ ले दर्शकको राम्रो साथ पाएको थिएन् । तर फिल्मको रिलिजपूर्व निकै चर्चा परिचर्चा भएको थियो । फिल्ममा दयाहाङ राई ,विपिन कार्की , सौगात मल्ल,नम्रता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका थिए । तर छायाकंनको तयारीमा रहेको सिक्वेलमा पुराना कलाकार हुने वा नहुने विषयमा केही टुंगो लागेको छैन् । केही दिनमा कलाकार छनोटको काम हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *