यन्तो बन्यो कमेडी र एक्सन फिल्म ‘बादशाह जुट’को ट्रेलर (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म ‘बादशाह जुट’को कमेडी र एक्सनले भरिएको ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक सुशिल श्रेष्ठ र अमिर गौतम बादशाहको रुपमा प्रस्तुत भएका छन् । त्यसका साथै ट्रेलरमा प्रहरी र पत्रकारबीचको रमाइलो कथालाई पनि प्रस्तुत गरेको छ ।

अभिषेक कुमारले लेखेको फिल्मलाई जोन सिंह रानाले निर्देशन गरेका हुन् । हर्क बि डि आर कुंवार र भोजराज श्रेष्ठ फिल्मको निर्माता हुन् ।फिल्ममा राजु कार्कीको छायांकन, दिर्घ खड्काको सम्पादन, विक्रम स्वाँरको कोरियोग्राफी छ । फिल्ममा सुशिल र आमिरसँगै रोविन तामाङ, रोशिल खड्का, केइसा रावत, रश्मी पाण्डे, कमलमणी नेपाल लगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्म कात्तिक १५ गतेबाट रिलिज हुदैँछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *